+
+

शुरुमै अस्पताल लगेको भए हुनेरहेछ !

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ १५ गते १४:५४

१५ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ कि ६८ वर्षीया  महिलालाई भदौ ११ मा कोरोना संक्रमण पुष्टि भयो ।

मधुमेह र उच्च रक्तचापको समस्या भएकी उनले बुटवल हस्पिटल प्रालिमा डा. नन्दु पाठकसँग नियमित चेकजाँच गराउँदै आएकी थिइन् । पछिल्लोपटक जचाउन जाँदा डाक्टरले कोरोना जाँच गर्न भनेपछि उनले आफ्नै खर्चमा पीसीआर परीक्षण गरेकी थिइन् ।

साउन ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसन सेन्टर ल्याउन तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी एम्बुलेन्स लिएर घरमा पुग्यो । तर उनका छोरा र बुहारीले अस्पतालमा पठाउनु भन्दा ‘होम आइसोलेसन’मा राख्दा राम्रो होला भनेर एम्बुलेन्स फर्काइदिए । त्यसबेला आमालाई कुनै लक्षण नदेखिनुका साथै स्वास्थ्यमा समस्या पनि नदेखिएको र अलग्गै राख्न मिल्ने छुट्टै फ्ल्याट पनि भएकाले घरमै राखेको मृतकका छोराले बताए ।

‘आईसीयू बेड खाली भएका बेला शुरुमै अस्पताल लगेको भए हुनेरहेछ’ मृतकका छोराले भने, ‘त्यो बेला लक्षण पनि थिएन र स्वास्थ्य अवस्था पनि सामान्य थियो । त्यसैले अस्पतालमा भन्दा घरमै स्याहार सुसार र हेरचाह राम्रो होला भनेर घरमै राख्यौं ।’

दुई दिनपछि स्वास्थ्यकर्मीहरु भेट्न जाँदा पनि उनको अवस्था सामान्य रहेकाले केही समस्या भए फोन गर्न भनेर फर्किएकोस्वास्थ्य शाखा प्रमुख ईश्वरी पौडेलले बताए ।

आइतबार साँझ एक्कासी उनको श्वास प्रश्वासमा समस्या आयो । परिवारका सदस्यले नगरपालिकामा सम्पर्क गरे । त्यसपछि बुटवलको कोरोना अस्पतालमा आईसीयू वा भेन्टिलेटर बेड छ–छैन भनेर सोधीखोजी भयो । त्यहाँ बेड खाली छैन भनेपछि भीम अस्पतालमा लैजाने निधो गर्‍यौं ’ स्वास्थ्य शाखा प्रमुख पौडेल बताउँछन् ।

परिवारले सम्पर्क गरेको आधा एक घण्टामा एम्बुलेन्स पठाएको भन्दै उनले भने, साढे ७ बजे एम्बुलेन्समा राखेर भीम अस्पताल पठाइयो । तर बाटोमा मृत्यु भएछ ।’

अस्पतालले राति ९ बजे उनलाई मृत घोषणा गरेको थियो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?