
१५ भदौ, काठमाडौं । बन्द अवस्थामा रहेको बालाजुस्थित जनमैत्री अस्पताललमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं महानगरपालिका –१६ मा पर्ने उक्त अस्पतालमा १०० बेडको आइसोलेसन सेन्टर सोमबारदेखि सञ्चालनमा ल्याइएको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । अस्पतालमा सोमबार ६ जना डाक्टर, १२ जना नर्स र २ जना मेट्रोनलाई वडाध्यक्ष रिजालले स्वागत गरे ।
अन्य अस्पतालमा कोरोना संक्रमितको उपचारमा नै संलग्न स्वास्थ्यकर्मीहरु जनमैत्री अस्पतालमा काम गर्ने गरी आएका हुन् ।
अस्पतालमा सोमबार साँझदेखि नै कोरोना संक्रमित बिरामी राख्न थालिनेछ । अस्पतालमा आईसीयू र भेन्टिलेटर भने छैन ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4