+
+

चिकित्सक लाइसेन्स परीक्षा सञ्चालन गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते १८:३८

१५ भदौ, काठमाडौं । सरकारले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले आवश्यक सुरक्षा व्यवस्था मिलाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

‘जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक परीक्षार्थीको चारैतर्फबाट कम्तीमा दुई दुई दुरी कायम हुने गरी एउटा परीक्षा हलभित्र बढीमा २५ परीक्षार्थी रहने व्यवस्था मिलाई नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

लाइसेन्स परीक्षा सञ्चालन प्रयोजनका लागि आवश्यक आवतजावतको सहजीकरण र सुरक्षाको व्यवस्था स्थानीय प्रशासनले मिलाउनु पर्ने निर्णय भएको प्रवक्ता डा. खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?