
१५ भदौ, बुटवल । रुपन्देहीमा एक किशोरको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.५ का १७ वर्षका सदाव आलमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको पानीको पोखरीमा नुहाउने क्रममा डुबेका आलमलाई छिमेकीले देखेर उद्धार गरी उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4