+
+

वीरका दुई चिकित्सकमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते १९:१८

१५ भदौ, काठमाडौं । वीर अस्पतालको इमरेन्जी वार्डमा कार्यरत दुईजना चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भएको छ । इमरजेन्सीमा काम गर्ने दुई जना मेडिकल अफिसरमा कोरोना पोजेटिभ भएको रिपोर्ट सोमबार बिहान आइपुगेको ।

संक्रमण पुष्टि भएपछि दुई चिकित्सक होम आइसोलेसनमा बसेको इमरजेन्सीका कार्यरत एक चिकित्सकले जानकारी दिए । उनले भने, ‘उहाँहरु अहिले घरमै हुनुहुन्छ । हस्पिटलले व्यवस्था गरेपछि मात्र अस्पतालको आइसियुमा आउनुहुन्छ होला ।’

यसअघि पनि इमरजेन्सीकै एक कन्सल्टेन्ट चिकित्सकमा कोरोना संक्रमण भएको थियो । उनी अहिले उपचाररत छन् । वीरकै जेनरल फिजिसियन अर्का संक्रमित डाक्टर त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?