
Photo Credit : फाइल फोटो
१५ भदौं, हेटौंडा । मकवानपुर जिल्लामा सोमबार ६७ जना कोरोनो संक्रमण मुक्त भएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा आइसोलेसन इन्चार्ज भोला चौलागाइँका अनुसार पछिल्लो रिर्पोट अनुसार ६७ जनाले कोरोनामुक्त भएका हुन् ।
उनीहरुमध्ये ३५ जनासंस्थागत आइसोलेसनमा र ३२ जना होम आइसोलेसनमा थिए ।
कोरोना संक्रमणमुक्त हुनेमा बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ पनि छिन् । तामाङ र उनका ९ वर्षीय छोराको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुलाईसाउन ३२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सपसभामुख तामाङले भनिन्, ‘सुरुमा लगातार फोन आउँदा कोरोनाले भन्दा पनि सामाजिक रोगले सताउने जस्तो लागेको थियो । अहिले अवस्था सामान्यीकरण हुँदैछ । मुख्य कुरा यो समयमा आत्तिन नहुने रहेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4