+
+

विराटनगरका कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १९:१०

२८ भदौ, विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगरका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । आइतबार दिउँसो विराटनगर महानगरपालिका – १२ का ७० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो ।

वृद्धलाई १६ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरको म्याक्स अस्पतालमा उपचारका क्रममा रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई १७ भदौमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

श्वारप्रश्वास, खोकी र ज्वरोको समस्या भएका वृद्धको उपचारका क्रममा आइतबार दिउँसो सवा २ बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

वृद्धको मृत्युसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ४७२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?