Comments Add Comment

पर्सामा १५२ जनाको परीक्षण गर्दा ५ जनामा मात्रै कोरोना संक्रमण

३१ भदौ, वीरगञ्ज । पर्सामा बुधबार ५ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रबक्ता बरिष्ठ चर्मरोग विषेशज्ञ डाक्टर अतुलेशकुमार चौरसीयाका अनुसार पर्साका १५२ जनाको परीक्षण गर्दा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोशगालामा मंगलबार २ सय ८ जनाको स्वाब नमुनाको परीक्षण गर्दा ५ जनामा मात्रै संक्रमण पुष्टि भएको र उनीहरु पाँचै जना पर्साका रहेको चौरसियाले बताए । २ सय ८ स्वाब नमुनामध्ये १५२ वटा स्वाब नमुना पर्साका थिए ।

वीरगञ्ज–४ की २६ वर्षीया, बहुदरमाई नगरपालिकाकी २१ वर्षीया महिला र ४७ वर्षीय पुरुष, पर्सागढी नगरपालिकाका ४१ वर्षीय पुरुष र नाारायणी अस्पतालमा उपचाररत ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनको भनाइ छ ।

नारायणी अस्पतालकै इर्जेन्सी वार्डबाट दुई जनाको स्वाब नमुना संकलन गरिएको थियो । उनीहरुको जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ । रौतहटको बागमतीका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोे प्रयोगशालाले जनाएको छ ।

बुधबार ५ जना संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या २ हजार ४ सय ५६ पुगेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार संक्रमित मध्ये १ हजार ८ सय ३७ जना निको भइसकेका छन् । उपचारको क्रममा ४३ जनाको मृत्यु भएको छ । पर्सामा कोभिड अस्पताल, होम आइसोलेसन र सामुदायिक आइसोलेसनमा गरी १५२ जना मात्र सक्रिय संक्रमति रहेका छन् ।

गण्डक कोभिड अस्पतालको आइसोलेसनमा ३७ जना, होम आइसोलेसनमा २१ जना र जिल्लाका विभिन्न स्थानका सेमी र सामुदायिक आइसोलेसन ८९ जना मात्रै संक्रमित छन् । नयाँ संक्रमित भेटिने क्रम घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएपछि वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल खाली भइसकेको छ ।

वीरगञ्जको अवस्था सुधारउन्मुख देखिएको छ । साउन १० गतेदेखि लगाइएको निषेधाज्ञा ३१ गतेसम्मका लागि जारी छ । तर भदौ १९ गतेदेखि नै खुकुलो पारिएको निषेधाज्ञामा २६ गतेदेखि शनिबार बाहेक हप्तामा ६ दिन वीरगञ्जमा बजार खोल्न दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment