+
+

विद्यार्थीलाई पढाए कारबाही गर्ने लमजुङ प्रशासनको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १६:०५
फाइल तस्वीर

१२ असोज, काठमाडौं । लमजुङमा कोरोना महामारीकै बीच केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विपरित सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई भौतिक रूपमा उपस्थित गराई पठनपाठन सुरू गरेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले विद्यालय सञ्चालनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आइतबार एक सूचना निकालेर अर्को सूचना नआउँदासम्म शैक्षिक संस्था सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा त्यसको जिम्मेवारी सम्बन्धित विद्यालय नै हुने र उनीहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

बेशीसहर, सुन्दरबजार, मध्यनेपाल नगरपालिकालगायतका क्षेत्रमा समुदायस्तरमा संक्रमण देखिएको अवस्थामा विभिन्न पालिकामा विद्यालय खुलेपछि प्रशासनले संक्रमणको जोखिम कायमै रहेका कारण विद्यालय सञ्चालन नगर्न भनेको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले निकालेको सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?