+
+

बीपी प्रतिष्ठानमा ६८ वर्षीय कोरोना संक्रमितको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १३ गते ८:०२

१३ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयूमा राखिएको थियो । अवस्था नसुध्रिएपछि नोबेल मेडिकल कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

उनी प्रतिष्ठानमा असोज १० गते बिहान ७ बजे भर्ना भएका थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । तर उपचारकै क्रममा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाका अनुसार ६८ वर्षीय ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या थियो । उनले डायलायसिससमेत गराउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?