+
+

बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १४ गते १२:४५

१४ असोज, रौतहट । रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका-६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा बुधबार जंगलमा फेला परेको डीएसपी शाहीले जानकारी दिए ।

भण्डारी मंगलबार दिउँसो घाँस लिन जंगल गएका थिए । राति अबेरसम्म नफर्केपछि खोज्न गएका अन्य दुईजनालाई पनि बाघले आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?