+
+

प्रदेश राजधानी विवाद : नेकपाका १४ सांसदले लेखे ‘नोट अफ डिसेन्ट’

टोपराज शर्मा टोपराज शर्मा
२०७७ असोज १७ गते २०:३६
मुख्यमन्त्री शंकर पोखरेल

१७ असोज, बुटवल । प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै विवाद भएको छ ।

पार्टीका दुई अध्यक्षबीच सहमति भए लगतै प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा प्रस्ताव लगेको थियो ।

त्यसबारे छलफल गर्न शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् । १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

बिहान ८ बजेदेखि झण्डै ८ घण्टा चलेको वैठकमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थी, पाल्पाका युवराज खनाल लगायत १४ जनाले दाङ स्थायी राजधानी बनाउने सरकारको प्रस्ताव उपयुक्त नभएको भन्दै नोट अफ डिसेन्ट लेखेको सांसद डा.कृष्ण न्यौपानेले जानकारी दिए ।

‘दाङको भालुबाङलाई स्थायी राजधानी बनाउने कुरा उपयुक्त छैन भनेर लिखित नोट अफ डिसेन्ट लेखेर विरोध जनायौं’ डा. न्यौपानेले अनलाइनखबरसँग भने ।

सांसदहरुले प्रदेशसभामा आफू्ना विचार निर्वाध रुपमा राख्नपाउनुपर्ने र नेतृत्वले अंकुश लगाउन नहुने बताएको सांसद तुल्सी चौधरीले बताए ।

बैठकमा नेकपा प्रदेश ५ इन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई निर्देशन दिएका र पार्टीको निर्णय बाहिर नजान निर्देशन दिएको वैठकमा सहभागी एक सांसदले बताए ।

सचेतक भूमिश्वर ढकालले भने सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय भएको बताएका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?