+
+

गुल्मीकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १ गते १२:००

१ कात्तिक, बुटवल । गुल्मीकी एक कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ । रेसुंगा नगरपालिका–३ तम्घासकी ५३ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको सोही दिन साँझ साढे ६ बजे को आईसीयूमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?