+
+

सहुलियत मूल्यमा खसी किन्नेको भिड (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १४:२२

३ कात्तिक, काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट आजदेखि सहुलियत मूल्यमा खसीबोका बिक्री गर्न थालेपछि किन्नेको भिड लागेको छ ।

दसैँलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि पहिचो चरणमा खसी-बोका बिक्री सुरु गरिएको हो ।

कम्पनीले यसपटक खसीबोका कम ल्याउन सक्ने भन्दै पहिलो दिनमै खरिदका लागि सर्वसाधारणको भिड लागेको छ ।

यसपटक कम्पनीले जिउँदो खसी तथा बोकाको मूल्य प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५५० रुपैयाँमा खसी-बोका बिक्री गरिरहेको छ ।

आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी-बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ । यो वर्ष कम्पनीले च्यांग्रा भने खरिद गरेको छैन ।

तस्वीर : चन्द्रबहादुर आले  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?