
३ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले नगर प्रहरीको पोशाक परिवर्तन गरेको छ । नागरिकले नगर प्रहरीलाई हेर्ने दृष्टिकोण बदल्नका लागि पोशाक परिवर्तन गरिएको हो ।
यसअघिको पोशाकले नगर प्रहरी देख्दा नै नागरिक डराउने भएकोले पोशाक परिवर्तन गरिएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।
यसअघिको पोशाक करिब-करिब प्रहरीकै जस्तो रहेको थियो । अहिले पि-क्याप र टाइ, बेल्डसहितको खाकी रङको पोशाक बनाइएको छ ।
सोमबार एक कार्यक्रमकाबीच महानगरका मेयर चिरिबाबु महर्जनले नगर प्रहरीलाई क्याप लगाइदिएर नयाँ पोशाकको सार्वजनिक गरेका हुन् ।
ललितपुरमा हाल ७२ जना नगर प्रहरी कार्यरत छन् ।
तस्वीर : आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4