+
+

बस्ती नजिक संक्रमितको शव गाडेको भन्दै धनगढीमा विरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते १४:४८

१३ कात्तिक, धनगढी । कोरोना संक्रमित महिलाको शव बस्तीको बीचमा गाडेको भन्दै धनगढीमा स्थानीयले विरोध गरेका छन् । स्थानीयवासीले गाडिएको कोरोना संक्रतिमको शव उत्खनन गरेर अर्काे स्थानमा गाड्न माग गर्दै विरोध गरेका हुन् ।

धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो । स्थानीय प्रशासनले वडानम्बर १ मा रहेको कबि्रस्थानमा उनको शव व्यवस्थापन गरेको थियो ।

‘जङ्गलमा गाड्नु पर्ने शव बीच बस्तीमा गाडिएको छ,’ वडानम्बर १ का वडाध्यक्ष सन्तोष मुड्भरीले भने, ‘स्थानीय शव अर्काे ठाउँमा गाड्नु पर्ने भन्दै विरोध गरेका हुन् ।’

उनीहरुले कब्रिस्तानमा तालाबन्दीसमेत गरेका छन् ।

कैलालीका प्रमुख जिल्ला यज्ञराज बोहराले स्थान अभावले कब्रिस्तानमा शव गाडिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?