+
+

कोरोना सं‌क्रमणबाट सशस्त्र प्रहरीका सईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते १७:२१

१६ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ ।

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालबाट गएको असोज २० गते उनलाई सशस्त्र प्रहरी अस्पताल ल्याइएको थियो । दैलेख घर भएका खड्का अर्घाखाँचीमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?