+

विश्वकप छनोट : उरुग्वे र चिली विजयी

२०७७ कात्तिक  २९ गते ८:३३ २०७७ कात्तिक २९ गते ८:३३
विश्वकप छनोट : उरुग्वे र चिली विजयी

२९ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा उरुग्वे र चिली विजयी भएका छन् । उरुग्वेले कोलम्बियालाई ३-० ले पराजित गरेको हो ।

खेलको पाँचौ मिनेटमे एडिनसन कभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको उरुग्वेले दोस्रो हाफमा दुई गोल गरेको हो । ५४औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमा गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे । ७३औं मिनेटमा डार्विन नुनेजले उरुग्वेका लागि तेस्रो गोल गरे ।

खेलको अन्तिम समयमा कोलोम्बियाका येरी मिना रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

छनोटमा दोस्रो जित हात पारेको उरुग्वे ३ खेलमा ६ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । समान खेलबाट ४ अंक रहेको कोलोम्बिया सातौं स्थानमा छ । छनोटमा कोलोम्बियाको यो पहिलो हार हो ।

यस्तै छनोट अन्तर्गत अर्को खेलमा चिलीले पेरुलाई २-० ले पराजित गरेको छ । चिलीका लागि अर्टुरो भिदालले दुई गोल गरे । भिदालले खेलको २०औं र ३५औं मिनेटमा गोल गरे । पहिलो जित हात पारेको चिली ३ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा उक्लेको छ । दोस्रो हार बेहोरेको पेरु भने अझै जितविहिन छ । ३ खेलबाट १ अंक मात्र रहेको पेरु आठौं स्थानमा छ ।

उरुग्वे चिली विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय