+
+

श्रीमतीसँग रक्सी खाएको देखेपछि खुकुरी प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १६:५४

१५ मंसिर, काठमाडौं । श्रीमतीसँग रक्सी खाएको भेटेपछि बुढानीलकण्ठमा एक जना व्यक्तिमाथि खुकुरी प्रहार भएको छ ।

घटनामा सिन्धुपाल्चोकको चौतारा–४ घर भइ बुढानिलकण्ठ नगरपालिका–५ बस्दै आएका ३५ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका छन् ।

बाँसबारी अस्पतालमा प्रारम्भिक उपचारपछि हाल उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको छ ।

तामाङलाई खुकुरी प्रहार गर्ने बुढानीलकण्ठ –३, नयाँ चोक बस्ने ४८ वर्षीय विष्णु तिवारी महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठले आइतबार दिउँसो पक्राउ गरेको छ । तिवारीमाथि म्याद थप गरेर विस्तृत अनुसन्धान महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले गरिरहेको छ ।

घटना भएका दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए । दुवै जना मजदुर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?