+
+

पाल्पामा २० वर्षीया युवती बलात्कारको आरोपमा एकजना पक्राउ   

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २६ गते १३:२५

२६ मंसिर, काठमाडौं । पाल्पामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामपुर नगरपालिका-५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली रहेका छन् ।

मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई बुधबार राति जबरजस्ती करणी उद्योग गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?