+
+

वीरगञ्जमा मजदुरको प्रदर्शन

श्रम ऐनको दफा १४५ खारेज गर्नुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १७:४९

२८ मंसिर, वीरगञ्ज । पर्सा-बारा औद्योगिक करिडोरका मजदुरले वीरगञ्जमा प्रदर्शन गरेका छन् । सरकार र रोजगारदाता दुवैतर्फबाट श्रमिक शोषित र असुरक्षित हुन परेको भन्दै उनीहरुले आइतबार प्रदर्शन गरेका हुन् । मजदुरले वीरगञ्ज–११ श्रीपुरस्थित श्रम तथा रोजगमर कार्यालय, वीरगञ्जदेखि जिल्ला प्रशासन कार्यालय पर्सासम्म प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले हाम्रो आन्दोलन जारी छ, मजदुर एकता जिन्दावाद, ठेक्का पट्टा अन्त्य गर, निष्कासित मजदुरको बहाली गर, श्रम ऐन कार्यान्वयन गर, वेतन वृद्धि लागू गर लगायतका नारा लगाएका थिए ।

कोभिड–१९ को समस्या औल्याउँदै बारा, पर्सा लगायत देशैभरी श्रमिकको पारिश्रमिक कटौती, आपूर्तिकर्ता मार्फत श्रमिक नियुक्ती गरी नियमित श्रमिक कटौती, सम्झौता अनुसारको सेवा सुविधामा नदिने गरिएको मजदुरको गुनासो छ । सरकारका तर्फबाट २/२ वर्षमा वृद्धि हुनुपर्ने वेतन वृद्धि समेत रोकिएको उनीहरुले बताएका छन् ।

अखिल नेपाल औद्योगिक मजदुर संघको आव्हानमा भएको प्रदर्र्शनपछि उनीहरुले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सा र श्रम तथा रोजगार कार्यालय मार्फत मन्त्रालयमा ज्ञापनपत्र पठाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल र श्रम कार्यालयका निमित्त कार्यालय प्रमुख सुन्दर श्रेष्ठले ज्ञापनपत्र सम्बन्धित ठाउँमा छिट्टै पठाउने आश्वासन दिएका छन् ।

विभिन्न प्रतिष्ठानमा देखिएको समस्या समाधाका लागि ट्रेड युनियनले पहल गर्दा दर्जनौं मजदुर निष्काशनमा परेको ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै श्रम कार्यालय श्रमिकको भन्दा उद्योगीको पक्षमा बढी उभिने गरेको, प्रतिष्ठानमा हुने वासस्थान कोष रोजगारदाताले कानुन विपरित सञ्चालन गरिरहेको, राष्ट्रिय कल्याणकारी कोषले २५ वर्षमा अरबौं रकम जम्मा गरेको भएपनि श्रमिकको पक्षमा का शून्य अवस्थामा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सरकार र रोजगरदाता दुवैतर्फबाट शोषित र असुरक्षित हुन पुगेकोले मजदुरमागि हुँदै आएको विभेद र अत्याचार तत्काल बन्द गर्न अखिल नेपाल औद्योगिक मजदुर संघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?