+
+

दलित आयोगमा सिफारिस रम्तेलद्वारा पद अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १९:४०

५ पुस, काठमाडौं । संवैधानिक परिषदद्वारा राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस परशुराम रम्तेलले उक्त पद अस्वीकार गरेको घोषणा गरेका छन् ।

आइतबार उनले फेसबुकमार्फत संविधानको मर्म र भावना विपरीत संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी दलित आयोगमा आफ्नो सहमतिविना सिफारिस गरिएको उल्लेख गरेका छन् ।

‘मेरो सहमतिविना मेरो नाम सिफारिस गरिएको छ, सहमतिविपरीत नैतिक दृष्टिले पनि गलत तरिकाले गरिएको असंवैधानिक सिफारिसको र असंवैधानिक तरिकाले गरिएको संसद विघटनको ठाडै विरोध र अस्वीकार गर्दछु’ उनले भनेका छन् ।

गोरखाका रम्तेल पहिलो संविधानसभा सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?