+
+

समावेशी आयोगमा सिफारिस भएका तिमल्सिनाद्वारा पद अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते २३:२६

काठमाडौं । संवैधानिक परिषद‍्द्वारा समावेशी आयोगको सदस्यमा सिफारिस गरिएका रामकृष्ण तिमल्सिनाले पद अस्वीकारको घोषणा गरेका छन् । आइतबार आफ्नो फेसबुकमार्फत् उनले पद अस्वीकारको घोषणा गरेका हुन् ।

सर्वाेच्च अदालतका पूर्वरजिस्ट्रार समेत रहेका तिमल्सिनाले आफ्नो इच्छाविना नै राजनीतिक नियुक्ति दिइएको भन्दै सो जिम्मेवारी सम्हाल्न नसक्ने बताएका हुन् ।

उनले भनेका छन् ‘समावेशी आयोगको सदस्य पदमा मेरो नाम सिफारिस भएको भन्ने पत्रपत्रिकाबाट थाहा पाएँ । मैले सो पदमा काम गर्न कुनै इच्छा कसैलाई व्यक्त गरेको पनि छैन । उक्त पदमा जाने मेरो रहर पनि छैन ।’

आइतबार समावेशी आयोगसहित विभिन्न संवैधानिक निकायका आयुक्त एवं प्रमुख आयुक्तहरुको नियुक्तिको निर्णय बाहिर आएको थियो । सो नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै यसअघि राष्ट्रिय दलित आयोगका सदस्य परशुराम रम्तेलले पनि पद अस्वीकारको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?