+
+

म कुनै समूहको भेलामा पनि जान्नँ : गजुरेल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १०:२५

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरूको भेलामा नजाने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान सांसदहरूलाई बालुवाटारमा बोलाएका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो संसदीय दलको बैठक बोलाएका छन् ।

सांसद गजुरलेले भने दुवै पक्षको भेलामा नजाने बताएका छन् । ‘हामीले पार्टी एकताको पक्षमा प्रयास गरेका थियौं । त्यो सफल हुन सकेन’ स्थायी कमिटी सदस्य गजुरेलले अनलाइनखबरसँग भने, ‘पार्टीमा जुन अवस्था आयो, त्यो निकै दुःखद् छ ।’

उनले आइतबार आफूले प्रधानमन्त्रीलाई भेटेको भनेर गरिएको प्रचारको पनि खण्डन गरे । उनले भने, ‘अहिले म कतै पनि गएको छैन र जान्नँ पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?