+
+

चितुवाको छालासहित कैलालीमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १९:२७

१० पुस, काठमाडौं । चितुवाको छाला र हड्डीसहित कैलालीमा ३ जना पक्राउ परेका छन् । जिल्लाको अत्तरियामा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले चितुवाको छाला र हड्डी सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरण पुन, डोटी आदर्श गाउँपालिका–५ का ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनीहरूको साथबाट चितुवाको छाला र हड्डी बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको छ । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?