+
+

सुकुमबासीको नाममा वन अतिक्रमण गर्ने भूमाफियालाई कारबाही गर्न मुख्यमन्त्री राउतको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १४:३६

१४ पुस, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुकुमबासीको नाममा राजनीतिक संरक्षण प्राप्त व्यक्तिहरुले नै वन अतिक्रमण गरिरहेको बताएका छन् । यस्ता भूमाफियालाई अविलम्ब कारबाहीको दायरामा ल्याउन उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंगलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सुकुमबासीको नाम दिएर राजनीतिक संरक्षणमा वन अतिक्रमण भइरहेको भन्दै यस्तो कार्य सह्य नहुने बताए ।

‘विभिन्न बहानामा वन अतिक्रमण भइरहेको छ,’ मन्त्रालयका अधिकारीलाई निर्देशन दिँदै उनले भने, ‘यो कार्यलाई तत्काल रोक्न र अतिक्रमणमा संलग्नहरुलाई कारबाही गर्नु जरुरी छ ।’

राजनीतिक संरक्षण प्राप्त हुकुमवासीहरु सुकुम्वासीको नाममा वन अतिक्रमण एवं फडानीमा संलग्न रहेको उनले बताए । ‘वनको रक्षा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक कर्मचारी एवं सरकारका जिम्मेवार व्यक्ति यसतर्फ गम्भीर बन्दै किन्तु परन्तु नगरी यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुस्’ उनले भने ।

बर्दीवासमा पछिल्लो समयमा भएको वन फँडानीबारे अविलम्ब छानविन गर्न उनले वन सचिवलाई निर्देशन दिए ।

उक्त अवसरमा सिराहा र रौतटह जिल्लामा अतिक्रमित वन क्षेत्रलाई पुनः वन मातहतमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान गरियो ।

पछिल्लो समयमा व्यक्तिको नाममा गइसकेको सिरहा चोहर्वाको तीन बिगाहा र रौतहटको गुजरा नगरपालिकाको १ सय २० बिघा जग्गा पुनः वनको नाममा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?