+
+

कोटेश्वरमा एकाबिहानै पेस्तोल भेटिएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते १०:११

१९ पुस, काठमाडौं । आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखियो । पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरे ।

महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गर्यो । पेस्तोल धनी को हुन् भन्ने खुलेन ।

बरु सिन्धुलीको तिनपाटन गाउँपालिका घर भएका २५ वर्षीय युवराज आले मगरले आफूलाई लुटपाट गर्ने प्रयास भएको बताए । उनले पेस्तोल देखाएर आफ्नो मोबाइल खोस्न खोजिएको तर प्रतिवादका क्रममा हतियार झरेको बयान दिएका छन् ।

यद्यपि, प्रहरीले उनको बयानलाई पुष्टि गर्ने अन्य आधार खोजी गरिरहेको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेत भन्छन्, ‘मगर प्रहरीको सम्पर्कमै छन्, हामी सोधपुछ गरिरहेका छौं ।’

प्रहरीले हतियार मगरकै समेत हुनसक्ने आशंका गरेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?