
१९ पुस, काठमाडौं । नेपाल आयल निगमको प्रादेशिक कार्यालय भलवारीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य सुरु भएको छ ।
नयाँ प्रविधि जडानपछि ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने प्रादेशिक कार्यालयले जनाएको छ । नयाँ प्रविधि जडानपछि डिपोको क्षमता तीन गुणाले बढेको डिपो प्रमुख प्रलयांकर आचार्यले बताए ।
यसअघि सो कार्यालयबाट ८ घण्टामा ३/४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था थियो ।
‘पुरानो प्रविधि मार्फत कामगर्दा दैनिक काम सकाउन रातको ९/१० बजेसम्म कर्मचारी काममा खटिनुपर्नेमा अहिले त्यो समस्या समाधान भएको छ,,’ आचार्यले भने ।
डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा दैनिक १० देखि ११ लाख लिटर डिजेल र तीन लाख लिटर पेट्रोल बिक्री गर्दै आएको छ ।
नयाँ प्रविधि जडानसँगै बिभिन्न जिल्लाबाट पेट्रोलियम पदार्थ लिन आउने तथा भारतका विभिन्न स्थानबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्यांकरहरु लोड-अनलोड गर्न घण्टौंसम्म कुर्नुपर्ने समस्या समाधान हुने डिपोले जनजाएको छ ।
प्रतिक्रिया 4