+
+

वीरगञ्जमा पनि मनाइयो पृथ्वी जयन्ती

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते १४:१०

२७ पुस, वीरगञ्ज । वीरगञ्जमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय सरोकार मञ्च नारायणी, नगरिक समाज पर्सा लगायतले पृथ्वी जयन्ती मनाएका हुन् ।

राष्ट्रिय सरोकार मञ्चले रथमा पृथ्वी नारायण साहको फोटो राखेर र्‍याली निकाल्दै नगर परिक्रमा नै गराएको थियो । घण्टाघरबाट निकालिएको र्‍याली माईस्थान, आदर्शनगर, अलखिया मठ, आदशनगर घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा आएर सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले राजतन्त्र मार्न पाइँदैन, राष्ट्रिय एकता जिन्दावाद, राजा आऊ, देश बचाऊ लगायतका नारा लगाएका थिए ।

सभामा बोल्ने वक्ताहरुले गणतन्त्र र संघियता खारेज गरेर २०४६ सालको संविधान लागू गर्नुपर्ने, राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने, नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको सम्मान गर्नुपर्ने धारणा राखेका थिए । पृथ्वी नारायण साहले देशका लागि दिएको योगदान अविस्मरणीय रहेको भन्दै उनीहरुले पुस २७ गते सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरे ।

नागरिक समाज पर्साका अध्यक्ष डाक्टर दिपक शाक्यले नेपाललाई असान्त पार्नका लागि बाहिरबाट जात, धर्म, दलको नाममा लडाउने काम भइरहेको बताए । नेपाल बलियो रहे मात्रै नेपाली बलियो रहने बताउँदै उनले सबै मिलेर बसे मात्रै देशमा सुख शान्ति र समृद्धि आउने बताए ।
पृथ्वी जयन्तीको अवसरमा मञ्चले ४० जना महिलालाई साडी र कुर्ता सलवार वितरण गरेको प्रणय कुमार साहले जानकारी दिए ।

सरोकार मञ्चका नारायणी अध्यक्ष नन्द किशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रममा पृथ्वी नारायण शाहको फोटोमा माल्यार्पण गरिएको थियो । घण्टाघरमा नागरिक समाज पर्साले पनि पृथ्वी जयन्ती मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?