+
+

चितवनको कालिका नगरपालिकामा नगर अस्पताल सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २ गते २०:०६

२ माघ, चितवन । चितवनको कालिका नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएको छ । अस्पतालको शुक्रबार नगर प्रमुख खुमनारायण श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । वडा नं. ६ खोले सिमलमा रहेको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो ।

सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले अस्पतालको सेवा सुचारु भएसँगै साधारण समस्याको उपचारका लागि भरतपुर धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताए । मेयर श्रेष्ठले १५ शैयाबाट सुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शैय्याको बनाएर थप डाक्टर र अन्य कर्मचारीको दरबन्दी बढाउने बताए । ‘नगरबासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्छ उपकरण र जनशक्तिको व्यवस्थापन नगरपालिकाले गर्छ,’ मेयर श्रेष्ठले भने ।

२०४९ सालमा स्थापना गरिएको जुटपानी स्वास्थ्य चौकीको २०६३ सालमा स्तरोन्नती गरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो । अस्पतालमा स्तरोन्नती भएसंँगै कालिका नगर अस्पतालमा अन्य स्वास्थ्य सेवासहित आकस्मिक सेवा, ईसीजी सेवा, फार्मेसी सेवा, एक्सरे सेवा, प्रयोगशाखा सेवा थप गरिएको छ ।

चौबिसै घण्टा बिरामीलाई भर्ना गरेर उपचार गर्ने व्यवस्थासहित अस्पताल सञ्चालनमा आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए । सो अस्पतालमा ४ जना विशेषज्ञ डाक्टरसहित ३४ जना स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गर्नेछन् । केही दिनमै प्रयोगशालामा थाइराइटको परीक्षण, भिडियो एक्सरे तथा दन्त सेवा थप सञ्चालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?