+
+

संसद विघटनविरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिरोधमा लागौं : जनजाति महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते १३:२५
फाइल तस्वीर

६ माघ, काठमाडौं । नेपाली आदिवासी जनजाति महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोध गरेको छ । महासंघले संसद विघटनको विरोधमा आ-आफ्नो ठाउँबाट प्रतिरोध गर्न समेत आव्हान गरेको छ ।

महासंघका अध्यक्ष जगत बरामले मंगलबार प्रेस विज्ञप्तिमार्फत यस्तो आग्रह गरेका हुन् । संविधान आफैमा प्रतिगामी भएको दाबी गर्दै महासंघले ओलीको कदमले थप प्रतिगमन भएको दाबी गरेको छ ।

‘संघर्ष बिना अधिकार प्राप्ति हुन नसक्ने पुनःस्पष्ट पार्दै प्रतिगामी संविधानमाथि भएको थप प्रतिगमनकारी कदमको विरूद्ध प्रतिरोधका लागि आ–आफ्नो ठाउँबाट पहल गर्न गराउन समेत सबैमा आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष बरामले भनेका छन्, ‘नागरिक हक र अधिकार प्रतिरक्षाका लागि सबै आदिवासी जनजाति, मधेशी, महिला, दलित, मुस्लिम, अपाङ्ग, यौनिक तथा लैंगिक अल्पसंख्यकलगायत नागरिक, नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्मी, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, कलाकर्मी, पेशाकर्मी, लेखक, पत्रकार, साहित्यकार, रंगकर्मी, युवा, विद्यार्थी, मजुदर, उद्योग व्यवसायी, अभियन्ताहरू एवम् सम्पूर्ण सचेत नागरिकहरूमा सजग र संघर्षरत रहन हार्दिक अपील गर्दछौं ।’

अहिलेको अवस्था आउनुमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार, सत्तारुढ दल, प्रतिपक्ष र अन्य यथास्थितीवादी, प्रतिगामी राजनीतिक दलहरू तथा देशी–विदेशी शक्ति समेत जिम्मेवार भएको महासंघको ठहर छ । उसले भनेको छ, ‘संविधानवाद, समावेशी लोकतन्त्र, आदिवासीको आधारभूत मूल्य र मान्यताहरूको विरूद्ध चालिएको अलोकतान्त्रिक र शासकीय स्वेच्छाचारी कदमको महासंघ घोर विरोध गर्दछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?