+
+

कमलपोखरीमा महानगरको डोजर, भत्काइयो प्रहरी, क्लब र सत्संग भवन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते १८:२६

१८ माघ, काठमाडौं । काठमाडौं ममहानगरपालिकाले कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे-राधेको सत्संग भत्काएको छ । कमलपोखरीलाई खुला गर्ने अभियान अन्तरगत भवन भत्काइएको महानगरपालिकाले जनाएको छ ।

अपरान्ह डोजरसहित पुगेको महानगरपालिकाको टोलीले पोखरीको डिलमा रहेका भवनहरु भत्काएको हो । क्लब भवनमा जिम हल पनि थियो । ‘वरपर ढुंगा बिछ्याएर कमलपोखरी खुला गर्न पूर्वयोजना अनुसार नै भवनहरु भत्काएका हौं,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले भने,’गुरुयोजना अनुसार कमलपोखरी बनाउन भवन भत्काउनुपर्ने थियो ।’

महानगरपालिकाले पोखरी क्षेत्रभित्रैको महानगरीय प्रहरी वृत्तको केही भवन पनि भत्काएको छ ।

भवन भत्काउने क्रममा स्थानीय युवाले रोक्ने प्रयास गरेका थिए । ज्ञावालीले अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप पनि बनाउने र पूर्वतर्फ पोखरी हेर्न मिल्ने कलात्मक संरचना पनि बन्ने बताए । ‘कंक्रिटको प्रयोग गर्दैनौं,’ उनले भने,’तर, समान्य रुपमा सिमेन्टको प्रयोग हुन्छ ।’

अहिले सम्पदाप्रेमीहरु सिमेन्ट प्रयोग भएको भन्दै कमलपोखरी बचाउने अभियान चलाइरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?