+
+

काभ्रेको नमोबुद्धमा जिप दुर्घटना हुँदा १० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते १८:५३
दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गर्दै सशस्त्र प्रहरी ।

१८ माघ, काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका-२स्थित वीपी लोकमार्गमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण काभ्रेका अनुसार काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ज १ ज २३३ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको ००१ प ९७४५ नम्बरको मोटरसाइकल आइतबार दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।  उक्त जिप सडकबाट करिब ८० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी जिपका चालक, सहचालकसहित ८ जना र मोटरसाइकलमा सवार २ जना घाइते भएको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका १० जनाको एपीएफ टोलीले उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?