
प्रतीकात्मक तस्वीर
१८ माघ, सुर्खेत । सुर्खेत प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका–४, स्थित एकता टोलबाट खजुरा गाउँपालिका–८, बाँकेका २८ वर्षीय सदाम खाँ र सब्बीर खाँनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
डीएसपी घर्तीका अनुसार उनिहरुबाट ३६० ग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै, नाइट्राभेटाम १७ ट्याब्लेट, १७ हजार ८५० नगद र नोकिया सादा मोबाइल थान १ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले आफ्नो कोठाबाटै लागूऔषध कारोबार गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध व्युरो शाखा कार्यालय सुर्खेतबाट शादा पोसाकमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ब्राउनसुगर बरामद गरेको डीएसपी घर्तीेले जानकारी दिए ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4