
१८ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले आइतबार सर्वोच्च अदालतमा हाजिर गराएको छ । बन्दी प्रत्यक्षीकरणको रिट परेपछि अदालतले बास्तोलालाई २४ घन्टाभित्र हाजिर गराउन आदेश दिएको थियो । सोही अनुरुप उनलाई प्रहरीले अदालत उपस्थित गराएको हो ।
बाँस्तोलासहित नेता विवेक कुमाल र प्रकाश शाहीलाई प्रहरीको विशेष ब्युरोले २९ पुसमा ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो । कुमाल र शाहीलाई पनि अदालत हाजिर गराइएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन् ।
यद्यपि, आइतबार निवेदनमाथि बहस भएन । सोमबार बहस हुने विप्लव समूहका लागि कानूनी प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अनलाइनखबरलाई बताए ।
अदालतले प्रहरीसँग बाँस्तोलाको अनुसन्धान सम्बन्धी मिसिलसमेत मागेको थियो । आइतबारै मिसिल फिर्ता भइसकेको छ ।
प्रतिक्रिया 4