
२० माघ, काठमाडौं । पानी तथा सरसफाइको समस्याबारे गुनासो आएको भन्दै खानेपानी मन्त्री मणिचन्द्र थापा मंगलबार बिहानै ललितपुरको नख्खु कारागार पुगे । जेलर मोहन अधिकारी लगायतलाई भेटेपछि ब्रिफिङ लिएका उनी कारागार व्यवस्थापन कस्तो छ भन्दै सोध्न भन्दै कैदीबन्दीहरु भएको ठाउँमा पुगे ।
त्यसक्रममा उनले जेलमा रहेका विप्लव समूहका नेता हेमन्त प्रकाश वली ‘सुदर्शन’सँग लामै कुराकानी गरे ।
सुदर्शन, विप्लव समूहका तिनै नेता हुन्, जो काभ्रेबाट पक्राउ पर्नुअघि समूहको मध्यकमाण्ड इञ्चार्ज थिए । उनी वार्ता पक्षधर नेताका रुपमा चिनिन्थे ।
प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेका बेला प्रधानमन्त्री केपी एवं ओली समूहका अध्यक्ष शर्मा ओलीले पूर्वमाओवादी खेमाका नेताहरुलाई आफ्नो पक्षमा तान्ने कोशिश गरिरहेका छन् ।
त्यहीक्रममा विप्लव समूहलाई पनि वार्तामा ल्याउन नेताहरु लागेका छन् । खानेपानीमन्त्री थापा पनि त्यही सिलसिलामा नख्खु कारगार पुगेर सुदर्शनलाई भेटेका हुन् ।
मन्त्री थापाले पनि कारागारमा भएको भेटका क्रममा वार्ताबारे कुराकानी भएको पुष्टि गरेका छन् । जेलभित्र सुदर्शन सुत्ने ठाउँमै पुगेर मन्त्री थापाले ‘वार्ता प्रक्रिया चलाउने हो भने चलाउनुपर्यो । के गर्ने ?’ भन्दै प्रश्न गरेका थिए ।
जवाफमा विप्लव समूहका नेता सुदर्शनले आफ्नो पार्टी वार्ता विरोधी नभएको बताए । ‘सरकारले सम्वादका लागि गर्यो भने त हाम्रो पार्टी वार्ता विरोधी पार्टी होइन’ उनले भनेका छन्, ‘वार्ताका लागि वातावरण चाहिँ सरकारले बनाउनुपर्छ ।’
मन्त्री थापाले सरकार र विप्लव समूहबीच वार्ता अघि बढाउन सहयोग गर्न समेत आग्रह गरेका छन् । सुदर्शनले भने आफू जेलमा भएकाले वार्ता प्रक्रियाको निर्णयबारे धेरै जानकारी नभएको बताए । उनले भने, ‘म त जेलभित्र छु । साथीहरुसँग सिधै कुराकानी पनि छैन । मैले पनि मिडियाबाट बुझ्ने हो । वार्ताकै पक्षमा भए जस्तो लाग्छ, महासचिव कमरेड विप्लव पनि ।’
मन्त्री थापाले भने यही विषय प्रधानमन्त्री ओलीसम्म पुर्याउने आश्वासन दिएका छन् ।
नख्खु कारगारमा वार्ताबारे के कुराकानी भयो भन्ने प्रश्न मन्त्री थापाले भने, ‘उहाँ बिरामी हुनुहुन्छ । उहाँ पुरानो साथी पनि भएकाले सञ्चोबिसञ्जो सोध्ने काम भयो ।’
थप,
हेमन्तप्रकाशका दुई समस्या : चिनीरोग र यौन !
‘काफलडाँडा’ अपरेशन: हेमन्तप्रकाशलाई समाउन खोज्दा चश्मा र औषधिमात्रै भेटियो (तस्वीरसहित)
विप्लवका नेताका हैरानीः ९ महिनामा १३ जिल्ला फनफनी
माइलाको गिरफ्तारीले वार्ता बिथोलिँदैन : सरकार
विप्लवका नेतासँग अन्तरवार्ताः ‘खुला राजनीतिमा आउन तयार छौं’
नख्खु बमकाण्ड : ‘पङ्गु’ गुप्तचरी संयन्त्रको परिणाम
सिंहदरबारबाट विप्लवलाई हेर्ने बेग्लाबेग्लै नजर !
विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?
प्रतिक्रिया 4