+

बेटिसलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

२०७७ माघ  २६ गते ७:२३ २०७७ माघ २६ गते ७:२३
बेटिसलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

२६ माघ, काठमाडौं । रियल बेटिसलाई ३-२ ले पराजित गर्दै बार्सिलोना स्पानिस लालिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले सुरुमा गोल खाएर पनि पुनरागमन गरेको हो । बार्सिलोनाको जितमा लिओनल मेसी र ट्रिनकाओले एक-एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

घरेलु मैदानमा बोर्या इगलेसिसले गोल गर्दै ३८औं मिनेटमा बेटिसलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले ५९औं मिनेटमा बार्साका लागि बराबरी गोल फर्काए ।

६८औं मिनेटमा भिक्टोर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोनाले २-१ को अग्रता लियो । ७५औं मनटमा रुइजले नै बेटिसका लागि बराबरी गोल गरे ।

८७औं मिनेटमा ट्रिनकाओले गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।

जितपछि बार्सिलोनाले २१ खेलबाट रियल मड्रिड समान ४३ अंक जोडेको छ । गोल अन्तरमा बार्सिलोना अघि रहेको हो । बेटिस २२ खेलबाट ३० अंकसहित सातौं स्थानमा छ ।

बार्सिलोना स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय