+
+

सौगातलाई ‘सुपरस्टार’को ट्याग दिदै ‘लप्पन छप्पन २’को टिजर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते १२:१५

नायक सौगात मल्ललाई ‘सुपरस्टार’को ट्याग दिदै चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा सौगातलाई मात्र देखाइएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुँदैछ । सौगातको फरक गेटअप र जोशिलो संवादका साथ सार्वजनिक टिजरले दर्शकमा उत्साह बढाउने अपेक्षा गर्न सकिन्छ ।

चलचित्र ‘लप्पन छप्पन २’लाई मुकुन्द भट्टले निर्माण तथा निर्देशन गरेका हुन् । यो चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, सरिता गिरी, एन्जल श्रेष्ठ, कार्लिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल लगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकुन्द भट्ट, सुनिल न्यूरे, अमित शर्माको पटकथा, मुकुन्द भट्ट र सुनिल न्यूरेको संवाद छ ।

चलचित्रमा प्रकाश कुँवर, चिजकुमार श्रेष्ठ, निर्मल कुमार मिश्र, सुदिप चन्द्र बाकरेल, सन्तोष चन्द्र बाकरेलको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?