
७ फागुन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा लिइएको हो ।
नगरपालिकाले आफ्नो नगरमा रहेका आर्थिक स्थिती कमजोर रहेका २१४ जना नागरिकलाई १ सय दिनका लागि रोजगार दिइएको छ ।
स्वरोजगार कार्यक्रमको लागि एक कार्यक्रमका बीच औजार सामग्री र १ सय दिनका लागि रोजगार उपलब्ध गराइएको नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बताए ।
नगरपालिकाले नियम पुर्वक छनोट गरी उनीहरुलाई रोजगारी दिइएको रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4