+
+

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते २०:३९
फाइल तस्वीर

१० फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ ।

जबरालाई भेट्न सेनापति थापा दिउँसो सर्वोच्च अदालत पुगेका थिए । उनलाई जग्गाको विषयमा छलफल गर्न आफूहरुले नै बोलाएको अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्चको हालको भवन रहेको स्थानदेखि पछाडि नयाँ भवन बन्दैछ । यसका लागि जग्गा प्राप्ति र टेण्डर भइसकेको छ । तर त्यस जग्गामा नेपाली सेनाको टहरा भएकाले त्यो हटाइदिन प्रधानन्यायाधीशले सेना प्रमुखलाई आग्रह गरेका छन् । ‘प्रक्रियागत रुपमा जाँदा ढिलो हुने भएपछि फास्ट ट्रयाकबाट काम गर्न प्रधान सेनापतिलाई बोलाइएको हो’ सर्वोच्चका एक कर्मचारीले अनलाइनखबरसँग भने ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्यालले भने सेनाले भोगचलन गरिरहेको जग्गाको विषयमा कुराकानी गर्न प्रधानसेनापति थापा सर्वोच्च पुगेको बताए ।

तर कतिपयले सर्वोच्चमा प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका बेला सेनापतिले प्रधानन्यायाधीशलाई भेट्नु अर्थपूर्ण मानेका छन् । अदालत प्रशासनले भने यो संयोग मात्र भएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?