Comments Add Comment

फेसबुकले अष्ट्रेलियामा समाचारमाथिको प्रतिबन्ध फुकुवा गर्ने

११ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाको समाचार पेजमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । मंगलबार फेसबुकले यस्तो घोषणा गरेको हो ।

अष्ट्रेलियामा फेसबुकले गत बिहीबारदेखि समाचार साइटमा प्रतिबन्ध लगाउँदै आएको छ । अष्ट्रेलियाले समाचार कन्टेन्टबाट हुने आम्दानीको हिस्सा मिडिया कम्पनीहरुसँग बाँड्नुपर्ने नियम ल्याएसँगै फेसबुकले समाचार पेजमाथि प्रतिबन्ध लगाएको थियो ।

अष्ट्रेलियाका ट्रिएजर जोस फ्रिडेनबर्गले अष्ट्रेलियामा आगामी दिनमा फेसबुकको समाचार पेजमाथिको प्रतिबन्ध हट्ने बताएका छन् । अष्ट्रेलियाले भने अहिले ल्याइएको नियम प्रविधि कम्पनी र सञ्चारमाध्यमबीच समाचारको मूल्यको विषयमा स्वच्छ वार्ताको लागि अघि सारिएको बताएको छ ।

यसअघि फेसबुकले र गुगलले यो नियमको विरोध गर्दै अष्ट्रेलियामा आफ्नो सेवा बन्द गर्ने चेतावनी दिएका थिए । तर, गुगलले भने गत साता स्थानीय सञ्चारमाध्यमहरुसँग भुक्तानीको लागि सम्झौता गरेको थियो ।

फेसबुकले भने अष्ट्रेलियामा समाचार कन्टेन्ट नै बन्द गर्ने निर्णय गरेको थियो । फेसबुकको यो निर्णयको चौतर्फी आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment