Comments Add Comment

चीनमा भारतसँगको सीमा विवादबारे नकारात्मक पोस्ट गर्ने सातजना पक्राउ

११ फागुन, काठमाडौं । चीनको प्रहरीले भारत–चीन सीमामा भएको झडपमा मारिएका सैनिकबारे नकारात्मक पोस्ट गर्ने सातजनालाई पक्राउ गरेको छ । गत वर्षको जुन महिनामा भारतीय सैनिकसँगको झडपमा परी पाँच चिनियाँ सेनाको मृत्यु भएको थियो । उक्त घटनाबारे नकारात्मक पोस्ट गर्दै बहादुर सैनिक र शहीदको अपमान गरेको आरोपमा चीनले सातजनालाई पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ ।

सन् २०१८ मा चीनले मानिसहरुलाई मुलुकका हिरो र शहीदहरुको अपमान गर्न नपाउने कानुन ल्याएको थियो । चाइनाडेल्लीका अनुसार यो मुद्दामा समातिएका उनीहरुलाई तीन वर्षसम्मको जेल सजाय हुन सक्ने नियम छ । अबको १० दिनपछि हुने सुनुवाइमा उनीहरु दोषी पाइए यो कानुनअनुसार दण्डित हुने उनीहरु पहिलो व्यक्ति हुनेछन् ।

अहिले पक्राउ परेका मानिसहरुमा एकजना चिनियाँ समाजिक सञ्जाल विबोमा २५ लाख फलोअर्स भएका व्यक्ति पनि छन् । विबोले उनी पक्राउ परेसँगै उनको अकाउन्टमा पनि एक वर्षको प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment