Comments Add Comment

मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास नगर्न माग गर्दै ज्ञापनपत्र

११ फागुन, बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यस नगर्न माग गर्दै स्थानीयले ज्ञापनपत्र बुझाएका छन् । ५० वर्षदेखि बसोबास गर्दै आएका स्थानीयबासीको वैकल्पिक व्यवस्था नगरी औद्योगिक क्षेत्रको शिलान्यस गर्न थालिएको भन्दै स्थानीयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवललाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले बिना विकल्प शिलान्यास कार्यक्रम गरिए अवरोध गर्ने चेतावनी पनि दिएका छन् ।

औद्योगिक क्षेत्रका लागि सरकारले लगत कट्टि गरेको जग्गा भित्र ३ हजार बढी परिवारहरुको बसोबास गर्दै आएका छन् । स्थानीयको माग सम्बोधन नगरि औद्योगिक क्षेत्र स्थापना भए ५० वर्ष देखि बस्दै आएका स्थानीय विस्थापित हुने संघर्ष समितिका सदस्य बाबुराम घिमिरेले बताए । औद्योगिक क्षेत्र बन्ने रानीगन्ज, साविक मोतिपुर, तिलोत्तमा लगायतको क्षेत्रमा ३ हजार बढी घर परिवार बस्दै आएको उनले बताए ।

सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिँदै गर्दा फागुन १३ गते बुटवलको मोतिपुरको औद्योगिक क्षेत्रको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यस गर्ने कार्यक्रम राखिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतले भने मोतिपुरमा बसोबास गर्दै आएका सबैको माग सम्बोधन हुने बताएका छन् । बस्नेतले २ सय ४५ बिगाहामा मात्र औद्योगिक क्षेत्रको निर्माण हुने भएकाले कोही पनि विस्थापित हुनुनपर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment