Comments Add Comment

टिभिएस ग्राण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा सुरु हुँदै 

११ फागुन, काठमाडौं ।  नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले फाल्गुन १३ गतेबाट टिभिएस ग्रान्ड एक्स्चेन्ज मेलाको आयोजना गर्ने भएको छ।

भृकुटीमण्डपमा सम्पन्न हुन लागेको उक्त मेला फाल्गुन १३ गते बाट १७ गतेसम्म ५ दिनसम्म आयोजना हुने छ। यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन्।

यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप रु. १५, ००० सम्म मुल्याङ्कन पाउने छन् भने नयाँ सवारी खरिदमा रु १२, ००० सम्मको आकर्षक छुटको समेत व्यवस्था रहेको छ ।

यसैगरी सुरुवाती १८ महिनासम्म ०% व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ। किस्ताबन्दीको ई.एम्.आइ चाहिँ  रु.५१९१ देखि सुरु राखिएको छ। साथै यस मेला अन्तर्गत मेला अघावै बुकिङ्ग गर्ने ग्राहकले रु.२००० बराबरको सामान सितैमा प्राप्त गर्नेछन् ।

यस मेलामा ग्राहकले टेस्ट राइड मात्र गर्दा खेरि समेत बिभिन्न आकर्षक स्यरसट उपहारहरु सहित बम्पर उपहार स्वरुप थाइल्याण्ड भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment