+
+

प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १४:०२

१२ फागुन, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।

मंगलबार साँझ मध्यपुरथिमिको मनोहरा पुलमा ट्राफिक चेकचाँचका क्रममा मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएपछि एक हजार रुपैयाँ घुस दिन खोज्ने रामेछापको लिखु गाउँपालिका–६ घर भई ललितपुरको बालकुृमारी बस्ने २८ वर्षीय ज्ञाननारायण श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिङमा खटिएका प्रहरीलाई सामान्य ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?