+
+

पर्सामा एक वर्षभित्र २४ जना एचआईभी संक्रमित फेला

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १४:४४

११ फागुन, वीरगञ्ज । सन् २०२० मा पर्सामा २४ जना एचआईभी संक्रमित फेला परेका छन् । विद्यार्थी जागरण मञ्च (विजाम)ले समुदायस्तरमा गरेको एचआईभी परीक्षणका क्रममा २४ जना एचआईभी संक्रमित भेटिएका हुन् ।

सन २०१८ देखि विजामले समुदायस्तरमै गएर एचआईभी परीक्षण गर्न सक्नेगरी तालिम प्राप्त ७ जना प्राविधिक जनशक्ति परिचालन गरिरहेको छ । विजामले शंकास्पद व्यक्तिको रगत लिएर समुदायमै परीक्षण गरी २० मिनेटभित्र नतिजा दिने गरेको छ ।

विजामका कार्यक्रम संयोजक अनोजकुमार खड्काले सन् २०२० मा १ हजार २ सय ९५ जना लागूऔषध प्रयोगकर्ताहरूको एचआईभी परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । बाँकी १९ जना भने अन्य व्यक्ति रहेको उनको भनाइ छ ।

‘पहिले अस्पताल, क्लिनिक, ल्याबमा नआइ एचआईभी परीक्षण गर्न सकिँदैनथ्यो, २०१८ देखि हामीले समुदायमै गएर परीक्षण गर्न सक्ने व्यवस्था मिलाएका छौं, त्यसका लागि ७ जना तालिम प्राप्त कर्मचारी हुनुहुन्छ,’ उनले भने, ‘विशेष रणनीति मार्फत् लुकेर बसेका, परीक्षण नगरी बसेकाहरुको एचआईभी परीक्षण गराउन सफल भयौं । सोही क्रममा २४ जनामा एचआईभी पोजेटिभ देखियो ।’

उनका अनुसार लागूऔषध प्रयोगकर्तामा भने तीन वर्षमा पहिलोपटक ६ जनामा संक्रमण पुष्टि भएको हो । विजामले इन्जेक्सनमार्फत नियमित लागूऔषध प्रयोग गर्दै आएकामध्ये २३ जनालाई ओएसटी (मौखिक प्रतिस्थापन पद्धति) मा लैजान सफल भएको समेत जनाएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा ४ सय ६६ जना एचआईभी संक्रमितले एआरटी सेवा लिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?