+
+

प्रवीण बाँस्तोला मृत्युबारे प्रहरीले भन्यो – प्रहरीले कीर्ते कागज बनाउन सक्दैन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १५:४५

१२ फागुन, काठमाडौं । उर्लाबारीको प्रवीण बाँस्तोला मृत्यु प्रकरणको अनुसन्धान त्रुटिरहित ढंगले भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङले पत्रकार सम्मेलन गरेर प्रहरीले कीर्ते कागज बनाउन नसक्ने समेत जिकिर गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भनेका छन्, ‘प्रहरी अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय तथा जिल्ला अदालतको आदेश समेत हुने भएकाले प्रहरीले कीर्ते गरी कागज बनाउन सक्दैन ।’

यसअघि प्रहरीले अनुसन्धान प्रतिवेदनमा मृतकको तस्वीर नै फेरेको पीडित परिवारले आरोप लगाएको थियो ।

उनले मृतकको परिवारले पनि प्रहरीसँग समन्वय र सहकार्य गरेर अघि बढे अनुसन्धानमा सहज हुने बताए ।

खड्काले प्रहरीले घटनाबारे त्रुटिरहित ढंगले अनुसन्धान गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?