+
+

राजदूत रेग्मी र विश्वकर्माले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते १७:००

१३ फागुन, काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका डा. निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वय रेग्मी र विश्वकर्माले विहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?