+
+

ओलीले आत्मघाती गोल गरेर हारिसके : रामकुमारी झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १६:२९

१४ फागुन, बाग्लुङ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले आत्मघाती गोल गरेर हारिसकेको नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले बताएकी छन् । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै झाँक्रीले ओलीसँग थप गोल गर्ने समय बाँकी नरहेको बताइन् ।

‘खेलको नियम हुन्छ, समय हुन्छ । आत्मघाती गोल गरेर केपी ओली पराजित भइसकेका छन् । थप गोल गर्ने समय सकिएको छ,’ उनले भनिन् । अब पार्टी विभाजनमा सामेल खलपात्र बाहेकको कम्युनिस्ट पार्टी बन्ने झाँक्रीले बताइन् ।

तर, अबको पार्टीमा केपी ओली, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीहरु नहुने उनले बताइन् । झाँक्रीले पार्टी विभाजनका खलपात्र राखेर कम्युनिस्ट पार्टी नबन्ने बताइन् ।

निर्वाचन आयोगलाई पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन पनि उनले आग्रह गरिन् । केपी ओलीको चिन्ता नगरी बहुमत केन्द्रीय सदस्य रहेको नेकपालाई वैधानिकता दिनुपर्ने झाँक्रीको भनाइ थियो । केपी ओलीले त किरा फट्याङ्ग्रा चिन्हबाट आगामी चुनाव लड्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?