+
+

विश्वकै ‘ठूलो’ शान्ति स्मारकको वेबसाइट सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १५ गते १४:४६

१५ फागुन, काठमाडै । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा बन्न लागेको ‘विश्व शान्ति स्यांक्चुरी’को आधिकारिक वेबसाइट सार्वजनिक भएको छ । शनिबार बिहान लुम्बिनीमा भएको एक समारोहबीच शान्तिको लागि बन्न लागेको शान्ति-भवन ‘स्यांक्चुरी’ सम्बन्धी वेभसाइट सार्वजनिक गरिएको हो ।

परमआदरणीय श्याल्पा तेन्जिङ रिम्पोचेको परिकल्पनामा बन्न लागेको स्यांक्चुरीलाई विश्वकै ठूलो शान्ति स्मारक भनिएको छ । जहाँ सभाहलसहितको भवन बनाउने तयारी गरिएको छ ।

सभामा बोल्दै श्याल्पा तेन्जिङ रिम्पोचेले पिस स्यांक्चुरी विश्वभरिका मानव समुदायको सम्पत्ति भएकाले त्यसलाई सबैको प्रयत्नमा बनाउनुपर्ने बताए । उनले सर्वसाधारणको एक–एक रुपैयाँ सहयोगबाट नेपालमा विश्वकै प्रतिष्ठित शान्ति स्यांक्चुरी बनाउने संकल्प आफूले लिएको बताए ।

पिसस्यांक्चुरी डट ओआरजी नामको उक्त वेबसाइटबाट विश्व शान्ति स्यांक्चुरीबारे विस्तृतमा जानकारी लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?